• दाहाल प्रतिष्ठान
  • दमक, झापा, नेपाल
  • Call us नारायण चन्द्र दाहाल ९८०६०५१३१५

दाहाल वंशको पुख्र्यौली

दाहाल वंशको पुख्र्यौली

दाहाल बन्धूहरु वत्स गोत्रीय हुन । वत्स ऋषिका सन्तान भएकाले दाहालको गोत्र वत्स रहन गएको हो । वत्स गोत्रमा दाहाल थरका अलावा राणा, लम्साल, कुंवर र झा समेत पर्दछन् किनकी उनिहरु समेत वत्स ऋषिकै सन्तान हुन । ऐतिहासिक तथ्यांक अनुसार दाहाल वंशका आदि पुरुष दासु भटृ हुन । दासु भटृ ई.सन् १५२६ तिर वर्तमान भारतको गुजरात प्रान्तमा पर्ने “वढ बिहार राज्यको” राजा थिए । ई.सन् १५२६ मा तैमुर वंशका जाहिरुद्धिन मोहम्मद “बाबर” ले मुगल साम्राज्यको स्थापना गरेका थिए तर पछि उनले आफ्नो विशाल राज्यलाई आफ्ना ३ भाई छोराहरुमा बांडी दिएका थिए । पंजाप, काबुल र कन्दहार माईला र कान्छाका भागमा परेको थियो भने तत्कालिन बढ बिहार रहेको क्षेत्र बाबरका जेठा छोरा हुमायुको भागमा परेको थियो । उनी दिल्लीका शासक थिए । ई.सन् १५३० मा हुमायुका पिता बाबरको मुत्यु पश्चात हुमायुले आफ्ना भाईहरु लगायत आफ्नो साम्राज्यका अन्य राजा रजौटाहरु समेतलाई अनेक किसिमको दुःख दिई लखेट्ने, आफ्नो धर्ममा समाहित गराउने खालका दमनको निती अवलम्वन गर्न थाले । दिल्लीका बादशाहा मुगल सम्राट हुमायुले (१५३० देखि १५५६ शासन काल) ई.सन् १५५३ तिर दासु भटृ भटृको राज्य लुटी राज्यच्यूत गराएपछि उनी परिवारका साथ नेपालको दैलेख जिल्लाको दुल्लू गाउं (तात्कालिन विलासपुर) आई वसे । (दासु भटृ नेपाल आएको कहिले हो ट्याली गर्ने) दुल्लूमा बसोवास गरिरहेकै अवस्थामा विलासपुरका राजाको छोराको व्रतबन्धको निम्ता मान्न व्रतबन्ध स्थलमा गएका थिए र त्यहां पुगी वेदीमा (होम गर्ने ठाउंमा) बालेको आगो अशुद्ध भयो भनि वैदिक मन्त्रका शक्तिले दासु भटृले अग्नी पैदा गरी आगो बालेको देखी यी सच्चा ब्राम्हण रहेछन् भनि विलासपुरका राजाले राज पुरोहित बनाई बुढा गाउं र दाहा गाउं समेत बिर्ता बकस दिई स–सम्मान राखेका थिए ।

दाहाल थर किन र कसरी ?

आदिम कालमा मानवहरुको गोत्रीय बर्गीकरण मात्र (गोत्रका आधारमा छुट्याउने) थियो जो ऋषि मुनिको नामबाट चल्दथ्यो । वत्स ऋषिका सन्तान हामी वत्स गोत्रीय दाहाल थर भन्दा पहिले भटृ भनेर चिनिन्थे । विक्रमको तेस्रो सताव्दी पछि गोत्रात्मक समाजको अन्त्य हुंदै थरबाची समाजको शुरुवात हुन थाल्यो । प्रायः सवै थरहरु बसोवास गरेको प्रदेश वा गाउं–ठाउंको (भूमीको) नामबाट थरवाची समाज शुरुवात भएको पाइन्छ । जसमा खारी प्रदेशका वंश खरेलबाट सुरु भएको सामाजिक ईतिहासका घटनाले पुष्टी गरेका छन् । खरेल पछि भूमी संग सम्बन्धित थरहरु दाहालबाट शुरु भएको सांस्कृतिक अनुमान छ किन भने बुढा गाउं र दाहा गाउं विर्ता पाएका हामी भटृका सन्तान आज दाहाल भएका छौं । तेस्तै उही दासु भटृका सन्तान शिवदास रुप वेसी टारमा विर्ता पाएर बसोवास गर्ने दाहाल रुपाखेती र लम्सुमा विर्ता पाएर बसोवास गर्ने दाहाल लुम्साली बाजेका सन्तान हाल लम्साल भएर रहेका छन् । दाहालकै एक सन्तानले मगर जातकी कन्या संग वैवाहिक सम्बन्ध कायम गरेकाले तात्कालिन प्रचलन अनुसार अन्तरजातीय बिवाह गर्ने वर सु–वर नभई कु–वर हुन्छ भनि कुवर भन्न थालियो र पछि कुंवर भन्न र लेख्न थालियो । तिनै कुंवर मध्येका बाल नरसिंह कुंवरका सन्तान जंग बहादुर कुंवरले कोत पर्व पश्चात उपाधी स्वरुप राणा पदवी धारण गरेका हुन ।