• दाहाल प्रतिष्ठान
  • दमक, झापा, नेपाल
  • Call us नारायण चन्द्र दाहाल ९८०६०५१३१५

ब्लग (लेख रचना)

मेरो टोपी

गजल

मेरो टोपी

हिमाल पहाड तराईले लगाउने मेरो टोपी

वीरहरुको उच्च शिर गराउने मेरो टोपी

लालीगुराँस सुनाखरी जस्तै भिरमा फुलेर नि

नेपालीको स्वाभिमान जगाउने मेरो टोपी

सहासिला गोर्खालीको खुकुरीको धार जस्तो

शत्रुहरुको हात खुट्टा कमाउने मेरो टोपी

तीन करोड नेपालीको पहिचान झल्काउदै

सद्भावको श्रीपेचझैँ सुहाउने मेरो टोपी।।।

देश तथा बिदेशमा रहनुहुने सम...

हामी दाहाल

"हामी दाहाल "

हसिलो छ मुहार हाम्रो
सहयोगी भावना,
सबै अब एक बन्ने छ
हाम्रो चाहाना ।

न धनी छ ,न गरीब
छैन कुनै पार्टी ,
दु:ख सुख ,दाजुभाइमा
भोग्नुपर्छ साटि ।

गोत्र हाम्रो एक भए
हामी पनि एकै हौं ,
अब सबलाई खोज्नुपर्छ
हिमाल पहाड जहाँ छौं ।

विस्वभरी छरिएक यौटे
सन्तान हामी,
अब सबलाई समेटन
अघि बढ्छौं हामी

दाहाल बन्धुु
अम्बिका दाहाल

...
बत्स गोत्रि पर्यौं हामी दाहाल का कुल

बत्स गोत्रि पर्यौं हामी दाहाल का कुल
मानौं शुन्दर बगैंचा का रंगि चंगि फूल
मगमगाउं बास्ना छरौं राखौं कुल को नाम
दुनियां ले देख्ने गरि गरौं राम्रो काम ।

प्रतिष्ठान हामी सब को मानौं साझा घर
एक आपस मा नजिक बनौं न हौं पर पर
स्वदेश वा बिदेश मा जहां भए पनि
बन्धुत्व को भाब राखौं कर्तब्य यै ठानी

अन्धकार को यूग मा पनि हाम्रा पुर्बज ले
घर घर डुल्दै बंश संकलन गरे
सुचना र...

दाहाल थर किन र कसरी ?

दाहाल थर किन र कसरी ?

आदिम कालमा मानवहरुको गोत्रीय बर्गीकरण मात्र (गोत्रका आधारमा छुट्याउने) थियो जो ऋषि मुनिको नामबाट चल्दथ्यो । वत्स ऋषिका सन्तान हामी वत्स गोत्रीय दाहाल थर भन्दा पहिले भटृ भनेर चिनिन्थे । विक्रमको तेस्रो सताव्दी पछि गोत्रात्मक समाजको अन्त्य हुंदै थरबाची समाजको शुरुवात हुन थाल्यो । प्रायः सवै थरहरु बसोवास गरेको प्रदेश वा गाउं–ठाउंको (भूमीको) नामबाट थर...