• दाहाल प्रतिष्ठान
  • दमक, झापा, नेपाल
  • Call us नारायण चन्द्र दाहाल ९८०६०५१३१५

दाहाल बन्धु जाेड्रने अभियानमा मेची महाकाली

गत फाल्गुण ६ गते देखि मेचीबाट प्रदेश अधिबेशन सम्पन्न गर्दै पश्चिम महाकाली पुग्दा बिभिन्न ठांउमा बन्धुहरूकाे सहभागिताकाे बाढी नै देखियाे । ९ गते ५ नम्बर प्रदेशकाे दाङकाे प्रदेश अधिबेशनमा दाहाल प्रतिष्ठानअन्तर्गत स्थापित अक्षय काेष } "पं.जानकी बल्लभ दाहाल सेवा काेष","अम्बीका देबी पदम प्र.दाहाल सेवा काेष" "हरी प्र.गाैरा देबी दाहाल सेवा काेष"हरूबाट श्रश्टाहरूलाइ सम्मान समेत गरीयाे। .साहित्यकार कमलमणि देबकाेटा, पत्रकार नरेन्द्र दाहाल कलाकार द्वय चन्द्र बहादुर थारू र सारङगीका गन्धर्बलाइ सम्मान गरियाे भने फाल्गुण १० गते धनगडीमा डा.हेमराज पन्त ,स्वामि देराज आचार्य र कबि यज्ञराज यात्रीलाइ सम्मान गरीयाे। त्यस्तै कर्णाली प्रदेश अधिबेशनमा फाल्गुण १२ गते सुर्खेतमा शिक्षा प्रेमी कृश्ण बहादुर रेग्मी , प्रेमदेब गिरी र अन्तरास्टिय खेलाडी नन्दा बत्स्यालकाे सम्मान गरीयाे । हाल सम्म ७ बटा प्रदेश मध्धे ६ वटा प्रदेशका प्रदेश अधिबेशन सम्पन्न भएका छन । " दाहाल प्रतिष्ठान कर्णाली प्रदेश भवन"काे समेत समुद्धाटन गरीयाे

DATE : 2020-03-03 00:00:00