दाहालहरुको परिचय
दाहल थरको गोत्र – बत्स
सहगोत्रीहरु – बुढा दाहाल, रुपाखेती दाहाल, राणा,लम्साल र कुवँर
प्रवर (पञ्च प्रवर) – भृगु,च्यवन,और्व,आप्तुवान,जमदग्नी
दाहाल थरको उत्पत्ति – दासु भट्टदेखी दाहाल थर हालसम्म भेटिएको छ
मुख्य देवता – शिवजी
कुल देवताको नाम – अग्निवेताल,बिन्धबासिनी,बालमष्ट,बसन्तमाला,महन्तमाला
केहि दाहालहरुको विशेषताहरु
पूर्णिमाकोदिन दुधबार्ने (तिथि घटबढ हुँदा उदयको दिन बार्ने )
चण्डिपुर्णिमामा आलम (सेतो ध्वजा ) धुरीमा राख्ने ।
हरेक पुर्णिमामा कूूलको दियो बाल्ने ।
यज्ञादि गर्दा घरको धुरीमा ध्वजा राख्ने ।
गोठधुप
उभौली – बैशाख शुक्लपूूर्णिमा अगावै गर्ने ।
उधौली – मंसिर शुल्क पूूर्णिमा अगावै गर्ने ।
कूलपूूजा (दिवाली)
कसै कसैले ३ बर्षमा र कसै कसैले बर्षै पिच्छे गर्ने गरेको पाइएको छ ।
दाहालको धुरीमा राखिएको आलम किन र कसरी ?
दासु भटृ बढ बिहार राज्यवाट भागी विलाशपुर (हालको दैलेख) प्रवेश गर्दा उनको परिवारका साथ आफ्नो राज्यको झण्डा (च्यथब िँबिनभ) र आफ्नो ईष्ट देवी (विन्दवासिनी) साथै लिई आएका थिए । विन्दवासिनीलाई पोखरामा ल्याई स्थापना गरी दिएछन् तर त्यो झण्डा कहां स्थापना गरौं भन्ने उनलाई चिन्ता लाग्यो, त्यतिकै फ्यांकु भने त्यतिका दिन सम्म राज्य गरेको आफ्नो प्रतिक, राखौं भने आफ्नो राज्य छैन । राजाको चिन्ता देखी रानी (श्रीमती) ले अब हजुरको राज्य र जनता छैन, हजुरको राज्य नै यही घर हो त्यसैले घरको धुरीमा यो झण्डा स्थापना गनुहोस् भनि आग्रह गरेकीले सोही कुरामा चित्त बुझाई सो झण्डा (आलम) लाई धुरीमा स्थापना गरिएको थियो ।
धुरीमा राखिएको धजो हो कि आलम ?
दासु भटृले प्रयोग गरेको आलम च्यथब िँबिनभ को प्रतिकको रुपमा थियो पछि पुरानो हुंदा समेत कूल पूजा, ईष्ट देवीको पूजा हुंदा ध्वजा पतका चढाई आलम नयां फेर्ने गरिएको थियो तर पछि दासु भटृको मृत्यु पश्चात यो प्रचलनका रुपमा मात्र रह्यो र आजका दाहाल बन्धूहरुको घरमा राखिएको आलम धजो नभई च्यथब िँबिनभ को प्रतिकका रुपमा रहेको हो र यो धजो होईन, आलम हो ।
दाहाल वंशको विर्ता एवं पूर्व थलो:
खोज पड्तालको क्रममा फेला परे अनुसार प्रारम्भमा दाहाल वंशको पूर्व थलोको रुपमा दैलेख जिल्लाको दह गाउं (हालको गौरी गाविस), दुल्लू हुंदै तत् पश्चात विशेषतः बुंगनाम, काठमाण्डौको गोठाटार, धादिङ्ग, नुवाकोटको झिर्लिङ्ग–झिल्टुङ्ग, काभ्रेपलान्चोकको नाला, सिन्धुलीको झाङ झोली, ओखलढुंगाको रामपुर, चनौटे, खोटाङ्गको कुलागाउं, बुला, खाम्तेल, लामीसोती,सांवा, लिकुवा, खोक्सेल, संखुवासभाको मादीविर्ता, सिवुवा, स्यावुन, पाङ्ठा, ताप्लेजुङ्गको खेवाङ्ग, तेह्रथुमको लाब्री, लुवुङ्गा र ईलाम लगायत नेपाल बाहिर सिक्कीम, कालिम्पोङ्ग, बेतीया, आसामका विभिन्न भू–भाग, बर्माका साथै हाल अमेरिका, वेलायत, डेनमार्क आदि देशमा बसोवास गरेको पाईन्छ ।
बुढा दाहाल कसरी ?
पाचौैं पुस्ताका तुलरामको सवै वंश नाश भै बृद्ध अवस्थामा पुनः बिवाह गरी पछि उनीबाट जन्मेका सन्तानलाई बुढा दाहाल भन्ने गरेको भनाई छ ।
खोज पड्तालको क्रममा फेला परे अनुसार प्रारम्भमा दाहाल वंशको पूर्व थलोको रुपमा दैलेख जिल्लाको दह गाउं (हालको गौरी गाविस), दुल्लू हुंदै तत् पश्चात विशेषतः बुंगनाम, काठमाण्डौको गोठाटार, धादिङ्ग, नुवाकोटको झिर्लिङ्ग–झिल्टुङ्ग, काभ्रेपलान्चोकको नाला, सिन्धुलीको झाङ झोली, ओखलढुंगाको रामपुर, चनौटे, खोटाङ्गको कुलागाउं, बुला, खाम्तेल, लामीसोती,सांवा, लिकुवा, खोक्सेल, संखुवासभाको मादीविर्ता, सिवुवा, स्यावुन, पाङ्ठा, ताप्लेजुङ्गको खेवाङ्ग, तेह्रथुमको लाब्री, लुवुङ्गा र ईलाम लगायत नेपाल बाहिर सिक्कीम, कालिम्पोङ्ग, बेतीया, आसामका विभिन्न भू–भाग, बर्माका साथै हाल अमेरिका, वेलायत, डेनमार्क आदि देशमा बसोवास गरेको पाईन्छ ।
गोठधूप (गोठको पूजा)
परापूर्व कालमा हाम्रा पुर्खाहरु पश्चिम ज्ञानी भन्ने स्थानमा गोठ पाली बसेका वेलामा गोठका गाई वस्तुहरु विरामी परी भटाभट मर्न थाले पछि गोठालाहरु चिन्ताले आकुल व्याकूल भएको देखी महादेव लटृे झाक्रीको रुपमा औतार लिई गोठालोको छेउमा खडा भएको गोठालाको नजरमा आयो तर गोठमा जताततै फोहोर भांडाकुंडा पनि फोहोर देखी लटृे झाक्री अन्तरध्यान भएछन् । त्यसपछि गोठालाहरु सोचमा परेछन् । जतातेतै फोहोर भएका कारणले लट्टे झाक्री रुपी महादेव अन्तरध्यान हुनु भएको होला भनि गोठमा सफा सुग्घर राख्न थाले । दोश्रो पटक सफा सुग्घर भएको गोठमा उनै लट्टे झाक्रीको पुनः अवतार भयो र गोठालालाई भन्न लागे म शभ्मू महादेव हुँ, मेरा भानिज ६४ मष्ट छन्, तिनीहरुलाई कूलमा राखी सेतो बोका भानिज तर्फ, कालो बोको मामा तर्फ गर्नु, प्रत्येक वर्षको उभौली र उधौलीमा २ पटक गोठपूजा गर्नु भनि लेटृे झाक्री अन्तरध्यान भएछन् । त्यसपछि प्रत्येक वर्षको बैसाख शुक्ल पूर्णिमाको अघि दशमी तिथि देखि पूर्णिमा पछिको पञ्चमी सम्म उभौली र मंसिर शुक्ल पूर्णिमा अघि दशमी देखि पछि दशमी सम्म गोठमा धुलेश्वर महादेवलाई गोष्ट रक्षक गोष्टादि महारुद्र स्थापना गरी सालमा दुई पटक पूजा गर्ने चलन चलाए । सो कार्यबाट गाई बस्तु एवं मानिसमा समेत राम्रो भएको किंवदन्ति छ त्यसैले हाल पनि सो परम्परा कायमै रहेको छ । उपरोक्त अनुसार प्रत्येक वर्षको बैशाख र मंसिर महिनामा कूलदेवताको रुपमा कालामष्ट, दाह्रामष्ट, रुमालमष्ट ठाउं अनुसार मष्टको नाम राखी घर रक्षार्थ मष्ट, चेलीवेटी रक्षार्थ विन्धवासिनी, गोष्ट रक्षार्थ महारुद्र, खेतवारी रक्षार्थ क्षेत्रपाल अनि गाई भैंसी रक्षार्थ गोसाई गरी अनेक रुपमा पंच देवता– गणेश, सूर्य, विष्णु, शिव र देवीको पूजा गरिन्छ ।
गोठधूपको विधि र नियम :
- गोठधूप धान्य पूर्णिमा र चण्डी पूर्णिमाको अगाडि दशमी तिथि र पछाडिको पञ्चमी तिथि भित्र रिक्ता नक्षत्र छाडी शिवजी जुर्ने तिथिमा गरिन्छ ।
- गोठधूप गर्ने दिन निश्चित भएपछि आफ्ना बन्धू बान्धवलाई सो को जानकारी गराउनु पर्छ ।
- गोठधूप कर्ताले नयां गञ्जी र धोती या सफा कपडा लगाउनु पर्दछ र गोठधूप नसकी केहि खानु हुंदैन ।
- गोठधूपका दिन गोठकका गाई वाच्छीलाई नुहाई तेल लगाई दिनु पर्छ ।
- बाबर, रोटी पकाउने धानको पिठो, पायस पकाउने दूध, चामल, दही ठेकी, भार, लिङ्गा बोकी गोठको वरीपरि दूधको अभिशेक गर्दै, धूप बाली, शंख घण्टीको ध्वनी गर्दै ३ पटक परिक्रमा गर्नु पर्दछ ।
- परिक्रमा पछि गोठबाट गाई बाछा निकाली लिप पोत गरी चित्रमा देखाए अनुसार लिङ्गा, रेखी तयार गर्नु पर्दछ ।
- गोठधूपमा चढाउने प्रसाद (१) गाईको दूधमा चामल हाली पकाएको पायस (२) घिउमा पकाएको चामलको पिठाको बाबर, (३) फलपूmल, केरा, ऊखु आदिको चनाचुनी ।
- गोठधूप गर्दा पूर्व पटिृ फर्कने सो सम्भव नभए उत्तर फर्कने ।
- गोठधूप पूजा सकिने वित्तिकै देउराली (गैडु) मा चढाएको प्रसाद खान एक जना कुकुर बन्दछ र अर्को जनाले गुलेली मट्यांग्राले हिर्काउने प्रक्रिया गरिन्छ ।
- पूजा सकिएपछि चढाएको प्रसाद बाबर, रोटी, पायस आदि बन्धू बान्धवलाई खुवाने र दूध ल्याएको ढुंग्रा (भांडा) मा चढाएको ध्वजा बांधी दिने र आउन नभ्याएकोलाई प्रसाद समेत राखी दिने ।
कूलपूजा (देवाली) :
परम्परा देखि चली आएको दाहालहरुले गर्दै आएको देवाली पूजा कसै कसैले ३ वर्षमा र कसै कसैले वर्षै पिच्छे गर्ने गरेको पाईएको छ । मूलत यो प्रत्येक ३ वर्षमा गर्ने चलन छ । देवाली पूजा सन्तानको हित र सम्बृद्धिका निम्ति परम्परामा गरिदै आएको दैवी आराधना हो । यो दुई किसिमले गरिंदै आएको छ । एउटा यज्ञ यज्ञादिबाट गरिने देवाली र अर्को हो बधबलीबाट गरिने देवाली । साकाहारी समूदायका व्यक्तिहरु यज्ञादिबाट मात्र देवाली पूजा गर्दछन् भने दोश्रो पक्षकाले यज्ञका साथै बधबली समेत गरेर देवाली पूजा गर्ने चलन छ । बधबलीको चलन अनुसार विवाह भाग, छोरा जन्मेको भाग समेत गरी एकै परिवारबाट २÷३ वटा सम्म बोका एकै पटक बध गरी देवाली पूजा गर्ने चलन छ । देवाली पूजा समूहगत रुपमा गरिन्छ, यो सवैको पायक पर्ने या साझा स्थल वा धारो, पानी र खाली चौर सुविधा युक्त भएको स्थानमा गरिन्छ भने खरी वा चिलाउनेको रुखका फेदमा देवता स्थापना गरिन्छ । हाल दाहाल प्रतिष्ठान केन्द्रिय कार्यालयमा सामूहिक रुपमा कूल पूजा (देवाली) गरिन्छ । यो पूजा चित्रमा देखाए अनुसार गरिन्छ ।
देवाली पूजाको विधि र नियम :
- देवाली पूजा संचालनका लागि समूहको व्यवस्थापन समिति बनाई सवैलाई पायक पर्ने स्थान, मिति, समय र विधि निर्धारण गरिन्छ
- बधबली वा यज्ञयज्ञादि सहितको देवाली हो त्यसको स्पष्टता हुनु पर्दछ ।
- यज्ञ यज्ञादिपूर्वक गरिने देवालीमा पायस, बाबर,फलपूmल सहितको पूजा सामाग्री लैजानु पर्दछ ।
- पूजाका लागि उपयुक्त स्थान छनौट गरी देवाली पूजाको अघिल्लो दिन नै बध स्थल एवं यज्ञमण्डप तयार गरी सक्ने ।
- पूजाको अघिल्लो दिन बेलुका बध बली गर्ने बोकालाई तिल, जौ, कुश र पानी खन्याई बोकाको शरिर शुद्ध पार्नु पर्छ ।
- देवाली पूजाका दिन ब्रतयुक्त घरको व्यक्तिले आलम ध्वजायुक्त बांसका लिंगा, एकमाना चामल सहित दियो कलश, बध बलीको बोका लिएर चमर, शंख, घण्ट सम्भव भए बाजागाजाको ध्वनीका साथ घरको ३ पटक परिक्रमा गर्नु पर्छ । यस समयमा अरु गोत्रका मानिसहरु घर भित्र बस्न दिनु हुंदैन । घरमूली आलम लिएर घरका धुरीमा जान्छन् यस बखत धुरी देखिने गरी उभ्याइएका २ जना कन्या खडा भएर आलम तिर हेर्दछन् र सगुन स्वरुप हातमा राखिएको दहि ग्रहण गरी बाजागाजाको ध्वनी सहित शिवजीको स्मरण गर्दछन् ।
- आलम स्थापना पछि सबैजना दियो कलश र पूजा सामाग्री सहित बाजागाजाका साथ मण्डप प्रस्थान गरी गुप्ती मण्डप भित्र तयार गरिएको ३ वटा खोपीमा घरबाट ल्याइएको प्रज्वलित दीपहरु (दियो) राखी (क) महन्तमाला (ख) बालमष्ट (ग) बसन्तमालाका रुपमा देवता स्थापना गरिन्छ र गोठधूपको झैं रेखी तयार गरी साथमा ल्याईएका बांसका लिंगाहरु बाहिर तयार गरिएको गैडुमा (देउरालीमा) गाडी दिनु पर्छ
- बाहिर पटिृको यज्ञका निमित्त पायस, बावर, स्याउ, सुन्तला, केरा, उखु आदि तयार गरी अग्नी स्थापनाको विधिपूर्वक चरु होम समेत गरी यज्ञ गर्नु पर्छ ।
- श्रद्धा भक्तिका साथ नियमपूर्वक कार्य गरेमा मात्र इष्ट फल प्राप्त हुनेछ ।
- गुप्ती कोठामा बध बली भोग दिईन्छ, यस स्थानमा अरु गोत्रका व्यक्ति प्रवेश गर्न निषेध हुन्छ । देवता स्थापना गरिएको स्थानमा बध बली छेदन गरिएको टाउको लगी चढाइन्छ भने बध बलीको शरिर वरीपरि परिक्रमा गराई घेराबाट बाहिर फालिन्छ ।
- बाहिर खुल्ला स्थानमा चौका च“दुवायुक्त यज्ञ वेदी तयार गरी अग्नी स्थापनापूर्वक चरु होम समेत हुन्छ । खुल्ला स्थानमा चाहि“ अरु पुरोहित ब्राम्हणद्वारा चरु होम पूजा गरिन्छ, यो खुल्ला स्थानमा गरेको पूजा चाहि“ जोसुकैले हेर्न हुन्छ । बाहिर गरिने यज्ञको समाप्ती पश्चात भित्रको यज्ञ सकिन्छ ।
- देवाली पूजाको लागि एउटा मुख्य सामूहिक बली दिइन्छ जसलाई “मेडो” भनिन्छ । त्यसलाई सामूहिक तयार गरी अन्य प्रसादीका साथ पूजा स्थलमा ग्रहण गरिन्छ भने आ–आफ्ना घरबाट ल्याइएको बली घरमा लगी प्रसादीको रुपमा घर परिवार र आफन्त बसी ग्रहण गर्दछन् ।