सृष्टि चक्रको यस कालखण्डलाई वैज्ञानिक युगको नामाकरण गरिएको छ । नयाँ नयाँ आविष्कार, उपकरण, प्रविधिको उपलब्धता र विकासले गर्दा कुनैपनि काम तीव्र रुपमा गर्न सम्भव भएको छ । भौतिक विज्ञानले ठूलो छलाङ मारेको छ । तर, मानव समुदाय भने रोगले भित्रभित्रै गल्दैछ। जति-जति विज्ञानको चमत्कार बढ्दैछ, मान्छेको शरीर कमजोर र जीर्ण बन्दैछ ।
आज दिन प्रतिदिन मेडिकल साइन्सले यति धेरै उन्नति गरिरहेको छ । मेडिकल कलेज र डाक्टरहरूले हरेक सहर भरिएको छ । तर, अनेकन रोगहरु बढिरेका छन् । यसरी हामी रोगी हुँदै जानुमा बाहिरी कारण जति छन्, त्योभन्दा बढी भित्री कारण छन् । अर्थात् हामी आफ्नो खराब विचार, चिन्तनको कारण नै रोगी हुँदैछौं ।
हाम्रो शरीरमा रहेको करिब ७० प्रतिशत पानीले हाम्रो विचार वा मनसायलाई धेरै प्रभाव पार्दोरहेछ । त्यसकारण हामीले बोल्ने प्रत्येक शब्द, सोच तथा विचारले हाम्रो शरीरलाई धेरै प्रभाव पारिरहेको हुन्छ । यसको असर शरीरका अंगहरूमा देखिन्छ । प्रतिरक्षा प्रणालीमा परिरहेका हुन्छ।
हाम्रो पूर्वीय संस्कृतिमा खाना फकाइसकेपछि सर्वप्रथम त्यो खाना भगवानलाई चढाउने र खानुअघि अन्नदाताप्रति कृतज्ञ हुने गरिन्छ ।
वास्तवमा यसमा वैज्ञानिक कारण पाइन्छ । जुन अन्न हामीले खाना बनाउन प्रयोग गरेका हुन्छौं त्यो अन्न उब्जाउ गर्ने किसानदेखि त्यसलाई पकाएर खुवाउनेको समेत संलग्नता रहेको हुन्छ।
