• दाहाल प्रतिष्ठान
  • दमक, झापा, नेपाल
  • Call us नारायण चन्द्र दाहाल ९८०६०५१३१५

मुक्ति नाथ दाहाल
भद्रपुर - १४, चन्द्रगडी
९८५२६७७५३७

यदि कोहि आपत विपतमा परेकालाई उद्धार गर्नु ठूलो पुण्य आर्जन गर्नु हो भने, आफ्नो कूलको उद्धार गर्नु झन ठूलो पुण्य हो । सताव्दियौं अघिका हाम्रा पुर्खा नहुनु भएका भए हाम्रा बाजे बज्यै हुनु हुने थिएन, त्यस्तै हजुरबुवा हजुरआमा नभएका भए बुवा आमा हुनु हुने थिएन र बुवा आमा नभएका भए तपाई हामी पक्कै हुने थिएनौ तसर्थ ति दाहाल वंशका सम्पूर्ण पुर्खाहरु प्रति कृतज्ञता चढाउंदछु र वहांहरुको कारणले यो देशको भूमीमा दाहाल वंशको कूलमा जन्म लिन पाएकोमा गर्व गर्दछु । दाहाल वंशमा जन्मनु भएका धेरै महा–पुरुष, विद्वान र प्रतिष्ठित व्यक्तिहरु हुनु हुन्छ भने साधारण जीवन यापन गर्ने देखि लिएर वैभवशाली व्यक्तिहरु समेत हुनु हुन्छ तर हामीले व्यक्तिगत रुपमा आफ्नो लागि जे जति ग¥यौं त्यो व्यक्तिगत मात्र हो, त्यसैले सबैले आ–आफ्नो क्षेत्रबाट आफ्नो वंशका लागि केहि सहयोग र सद्भाव गर्ने हो भने यो मेरो र यो उसको नभै अवश्य “यो हाम्रो दाहालको” भन्ने गौरव प्राप्त हुनेछ । पश्चिम नेपालको दैलेखको दुल्लू उद्गम स्थलबाट विभिन्न भूभागमा पैmलिएका दाहालका सन्ततिलाई एउटै सम्पर्क सूत्रमा बाध्न विराटनगरका बन्धूहरुले दाहालहरुको संस्था खोली सम्पर्क सूत्रमा बांध्ने काम भयो । त्यसैले म आभार प्रकट गर्दछु ति बन्धूहरुलाई जसले पे्ररणा दियो दाहाल सेवा प्रतिष्ठान निर्माण गर्नलाई, म सम्मान दिन चाहान्छु ति दान पुरुष पं. जानकी बल्लभ दाहाललाई जसले १०,००,१११। नगद प्रदान गरी अक्षय कोष खडा ग¥यो, म श्रद्धाञ्जली अर्पण गर्दछु ति वंश पे्रमी स्व.राम प्रसाद दाहाललाई जसले गर्दा चन्द्रगडी, भद्रपुर क्षेत्रका दाहाल बन्धूलाई आफ्नो घरमा भेला गराई सामूहिक गोठधूप गर्ने परम्परा बसायो । म धन्यवाद दिन्छु पिता डिल्लीराम र माता देवका दाहालकी पुत्र नारायण दाहाललाई जसले हामी झापाली बन्धूलाई एकत्रित हुन आघात स्नेह र कठोर परिश्रम गरी २०५९ सालको अन्त्यमा दाहाल सेवा प्रतिष्ठान झापा शाखा खोल्नलाई पे्ररणा गरायो । नारायण दाहालकै पे्ररणा र सहयोगमा २०६० साल बैसाखमा “दाहाल सेवा प्रतिष्ठान झापा शाखा एक चिनारी” नामक पहिलो संकलन निकाल्ने मौका पाएकोमा हाल आएर दमकमा स्थापित बुढा दाहाल कुल वंश प्रतिष्ठान एवं विराटनगरमा रहेको दाहाल सेवा प्रतिष्ठान एकिकृत भै “दाहाल प्रतिष्ठान” कायम भै केन्द्रिय कार्यालय समेत दमकमा रहेको साथै दाहाल संग सम्वन्धित विभिन्न स्थान र नाममा खोलिएका संस्थाहरु समेत दाहाल प्रतिष्ठानमा एकिकृत भै सकेका र केहि हुने क्रममा रहेको हुंदा सम्पूर्ण वत्स गोत्रीय बन्धूहरुलाई प्रतिष्ठानमा आबद्ध भई आफ्नो कूलको उत्थान गर्न र बन्धूत्वको भावना बढाउन अनुरोध गर्दै यो दोश्रो संस्करण प्रस्तुत गरेकोछु जसले दाहालहरुको पहिचानलाई केहि हद सम्म जानकारी गराउनेछ भन्ने विश्वास लिएको छु ।

धन्यवाद ।