
दाहाल थर किन र कसरी ?
आदिम कालमा मानवहरुको गोत्रीय बर्गीकरण मात्र (गोत्रका आधारमा छुट्याउने) थियो जो ऋषि मुनिको नामबाट चल्दथ्यो । वत्स ऋषिका सन्तान हामी वत्स गोत्रीय दाहाल थर भन्दा पहिले भटृ भनेर चिनिन्थे । विक्रमको तेस्रो सताव्दी पछि गोत्रात्मक समाजको अन्त्य हुंदै थरबाची समाजको शुरुवात हुन थाल्यो । प्रायः सवै थरहरु बसोवास गरेको प्रदेश वा गाउं–ठाउंको (भूमीको) नामबाट थरवाची समाज शुरुवात भएको पाइन्छ । जसमा खारी प्रदेशका वंश खरेलबाट सुरु भएको सामाजिक ईतिहासका घटनाले पुष्टी गरेका छन् । खरेल पछि भूमी संग सम्बन्धित थरहरु दाहालबाट शुरु भएको सांस्कृतिक अनुमान छ किन भने बुढा गाउं र दाहा गाउं विर्ता पाएका हामी भटृका सन्तान आज दाहाल भएका छौं । तेस्तै उही दासु भटृका सन्तान शिवदास रुप वेसी टारमा विर्ता पाएर बसोवास गर्ने दाहाल रुपाखेती र लम्सुमा विर्ता पाएर बसोवास गर्ने दाहाल लुम्साली बाजेका सन्तान हाल लम्साल भएर रहेका छन् । दाहालकै एक सन्तानले मगर जातकी कन्या संग वैवाहिक सम्बन्ध कायम गरेकाले तात्कालिन प्रचलन अनुसार अन्तरजातीय बिवाह गर्ने वर सु–वर नभई कु–वर हुन्छ भनि कुवर भन्न थालियो र पछि कुंवर भन्न र लेख्न थालियो । तिनै कुंवर मध्येका बाल नरसिंह कुंवरका सन्तान जंग बहादुर कुंवरले कोत पर्व पश्चात उपाधी स्वरुप राणा पदवी धारण गरेका हुन ।
दाहालको धुरीमा राखिएको आलम किन र कसरी ?
दासु भटृ बढ बिहार राज्यवाट भागी विलाशपुर (हालको दैलेख) प्रवेश गर्दा उनको परिवारका साथ आफ्नो राज्यको झण्डा (च्यथब िँबिनभ) र आफ्नो ईष्ट देवी (विन्दवासिनी) साथै लिई आएका थिए । विन्दवासिनीलाई पोखरामा ल्याई स्थापना गरी दिएछन् तर त्यो झण्डा कहां स्थापना गरौं भन्ने उनलाई चिन्ता लाग्यो, त्यतिकै फ्यांकु भने त्यतिका दिन सम्म राज्य गरेको आफ्नो प्रतिक, राखौं भने आफ्नो राज्य छैन । राजाको चिन्ता देखी रानी (श्रीमती) ले अब हजुरको राज्य र जनता छैन, हजुरको राज्य नै यही घर हो त्यसैले घरको धुरीमा यो झण्डा स्थापना गनुहोस् भनि आग्रह गरेकीले सोही कुरामा चित्त बुझाई सो झण्डा (आलम) लाई धुरीमा स्थापना गरिएको थियो ।
धुरीमा राखिएको धजो हो कि आलम ?
दासु भटृले प्रयोग गरेको आलम च्यथब िँबिनभ को प्रतिकको रुपमा थियो पछि पुरानो हुंदा समेत कूल पूजा, ईष्ट देवीको पूजा हुंदा ध्वजा पतका चढाई आलम नयां फेर्ने गरिएको थियो तर पछि दासु भटृको मृत्यु पश्चात यो प्रचलनका रुपमा मात्र रह्यो र आजका दाहाल बन्धूहरुको घरमा राखिएको आलम धजो नभई च्यथब िँबिनभ को प्रतिकका रुपमा रहेको हो र यो धजो होईन, आलम हो ।
दाहाल वंशको विर्ता एवं पूर्व थलो:
खोज पड्तालको क्रममा फेला परे अनुसार प्रारम्भमा दाहाल वंशको पूर्व थलोको रुपमा दैलेख जिल्लाको दह गाउं (हालको गौरी गाविस), दुल्लू हुंदै तत् पश्चात विशेषतः बुंगनाम, काठमाण्डौको गोठाटार, धादिङ्ग, नुवाकोटको झिर्लिङ्ग–झिल्टुङ्ग, काभ्रेपलान्चोकको नाला, सिन्धुलीको झाङ झोली, ओखलढुंगाको रामपुर, चनौटे, खोटाङ्गको कुलागाउं, बुला, खाम्तेल, लामीसोती,सांवा, लिकुवा, खोक्सेल, संखुवासभाको मादीविर्ता, सिवुवा, स्यावुन, पाङ्ठा, ताप्लेजुङ्गको खेवाङ्ग, तेह्रथुमको लाब्री, लुवुङ्गा र ईलाम लगायत नेपाल बाहिर सिक्कीम, कालिम्पोङ्ग, बेतीया, आसामका विभिन्न भू–भाग, बर्माका साथै हाल अमेरिका, वेलायत, डेनमार्क आदि देशमा बसोवास गरेको पाईन्छ ।
बुढा दाहाल कसरी ?
पाचौैं पुस्ताका तुलरामको सवै वंश नाश भै बृद्ध अवस्थामा पुनः बिवाह गरी पछि उनीबाट जन्मेका सन्तानलाई बुढा दाहाल भन्ने गरेको भनाई छ ।
दाहालहरुको चिनारी :
- दाहाल थरको गोत्र : वत्स
- सहगोत्रीहरु : राणा, लम्साल, कु“वर र झा लगायत अन्य थर पनि वत्स गोत्र भेटिएका छन ।
- प्रवर (पञ्च प्रवर) : भृगु, च्यवन, आप्तुवान, और्व र जमदग्नी
- मुख्य देवता : शिवजी हुन र आराध्य देवी विन्ध्यवासिनी हुन ।
- कूल देवताको नाम : ब्रम्हवेताल,अग्नीवेताल, बालामष्ट, बसन्तमाला, महन्तमाला
केहि दाहालहरुको विशेषताहरु ः
- पूर्णीमाको दिन दूध बार्ने (तिथि घटबढ हुंदा उदयको दिन बार्ने) ।
- चण्डीपूर्णीमामा आलम धुरीमा राख्ने ।
- हरेक पूर्णीमामा कूलको दियो बाल्ने ।
- यज्ञादि गर्दा घरको धुरीमा आलम राख्ने ।
- उभौली र उद्यौलीमा गोठधूप गर्ने साथै कूलपूजा (दिवाली) गर्ने ।
खोज पड्तालको क्रममा फेला परे अनुसार प्रारम्भमा दाहाल वंशको पूर्व थलोको रुपमा दैलेख जिल्लाको दह गाउं (हालको गौरी गाविस), दुल्लू हुंदै तत् पश्चात विशेषतः बुंगनाम, काठमाण्डौको गोठाटार, धादिङ्ग, नुवाकोटको झिर्लिङ्ग–झिल्टुङ्ग, काभ्रेपलान्चोकको नाला, सिन्धुलीको झाङ झोली, ओखलढुंगाको रामपुर, चनौटे, खोटाङ्गको कुलागाउं, बुला, खाम्तेल, लामीसोती,सांवा, लिकुवा, खोक्सेल, संखुवासभाको मादीविर्ता, सिवुवा, स्यावुन, पाङ्ठा, ताप्लेजुङ्गको खेवाङ्ग, तेह्रथुमको लाब्री, लुवुङ्गा र ईलाम लगायत नेपाल बाहिर सिक्कीम, कालिम्पोङ्ग, बेतीया, आसामका विभिन्न भू–भाग, बर्माका साथै हाल अमेरिका, वेलायत, डेनमार्क आदि देशमा बसोवास गरेको पाईन्छ ।
खोज
दाहाल प्रतिष्ठान केन्द्रिय कार्यालय