• दाहाल प्रतिष्ठान
  • दमक, झापा, नेपाल
  • Call us नारायण चन्द्र दाहाल ९८०६०५१३१५

हामी दाहाल

"हामी दाहाल "

हसिलो छ मुहार हाम्रो
सहयोगी भावना,
सबै अब एक बन्ने छ
हाम्रो चाहाना ।

न धनी छ ,न गरीब
छैन कुनै पार्टी ,
दु:ख सुख ,दाजुभाइमा
भोग्नुपर्छ साटि ।

गोत्र हाम्रो एक भए
हामी पनि एकै हौं ,
अब सबलाई खोज्नुपर्छ
हिमाल पहाड जहाँ छौं ।

विस्वभरी छरिएक यौटे
सन्तान हामी,
अब सबलाई समेटन
अघि बढ्छौं हामी

दाहाल बन्धुु
अम्बिका दाहाल