• दाहाल प्रतिष्ठान
  • दमक, झापा, नेपाल
  • Call us नारायण चन्द्र दाहाल ९८०६०५१३१५

मेरो टोपी

गजल

मेरो टोपी

हिमाल पहाड तराईले लगाउने मेरो टोपी

वीरहरुको उच्च शिर गराउने मेरो टोपी

लालीगुराँस सुनाखरी जस्तै भिरमा फुलेर नि

नेपालीको स्वाभिमान जगाउने मेरो टोपी

सहासिला गोर्खालीको खुकुरीको धार जस्तो

शत्रुहरुको हात खुट्टा कमाउने मेरो टोपी

तीन करोड नेपालीको पहिचान झल्काउदै

सद्भावको श्रीपेचझैँ सुहाउने मेरो टोपी।।।

देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनी हरुमा नेपाली टोपी दिवसको हार्दिक शुभकामना।।

 

नाम:आकाश दाहाल (पुस्ता न.: १९)

मूल थलो: हालको महालक्ष्मी न.पा.२ धनकुटा,

जन्म:हालको कानेपोखरी गा.पा. २ मोरंग

हाल: काठमाडौं म.न.पा. १६, बनस्थली