• दाहाल प्रतिष्ठान
  • दमक, झापा, नेपाल
  • Call us नारायण चन्द्र दाहाल ९८०६०५१३१५

दुर्गा प्रसाद दाहाल, अध्यक्ष

बत्स गोत्र थर भएका सम्पूर्ण बंशजहरुको बंशावली समेट्ने प्रयास यो ग्रन्थमा भएको छ । धेरै मिहिनेतका साथ संकलन र खोजी गर्दा गर्दै पनि यसपटकलाई बंशावलीको प्रारुप मात्र सम्भव भएको छ । संसारका धेरै भूभागमा छरिएर रहेका हाम्रा दाजुभाइहरुको जरा र हाँगाबिगालाई पहिल्याएर बंशावलीको एकाघरमा समेट्ने प्रयासले विश्व बन्धुत्व को भावनालाई आत्मसाथ गरेको छ ।

लामो समयदेखि अनबरत प्रयन्नका साथ धेरै बन्धुहरुले आ–आफ्नो ब्यक्तिगत र सामुहिक तवरले बंशावली संकलन गर्ने कार्य गरिरहनु भएको थियो । त्यो सत्प्रयासलाई एकीकृत रुपमा संग्रह गरी प्रकाशन गर्ने जिम्मेबारी दाहाल सेवा प्रतिष्ठानलाई प्राप्त भयो(हाल एकीकरण पछि "दाहाल प्रतिष्ठान"नामाकरणभएको ) । दाहाल बन्धुहरुको आपसी सद्भावसहित सामाजिक सेवामा अग्रसरताकालागि स्थापित यो संस्थाले यो संग्रहलाई अमूल्य पुँजीका रुपमा लिई प्रकाशित गरेको छ । निश्चय पनि यसको प्रकाशनमा हाम्रो तत्परता र सबैको बिश्वाससहितको अपेक्षा रहँदारहँदै पनि ढिलो हुन गएको छ । बिभिन्न कठिनाइका बाबजुद पनि यो संग्रह आज प्रकाशित रुपमा पाउँदा हामी सबैलाई सन्तोषको अनूभुति भएको छ । सबै बन्धुबान्धबले प्रकाशित यस ग्रन्थलाई अपनत्वपूर्ण महत्व दिई यसमा हुन गएका त्रुटि तथा कमीकमजोरी र त्रुटी हुन गएको रहेछ भने त्यसप्रति बिनम्र क्षमायाचना गर्दछु ।

बंशावलीलाई बढीभन्दा बढी प्रामाणिक, सत्यतथ्यतामा आधारित, बैज्ञानिक , खोजमुलक र छरितो बनाउन यथासम्भव साबधानी अपनाएको छ । यस्तो कठिन काममा संलग्न संकलकहरु, सम्पादक मण्डल र प्रकाशन कार्यमा सहयोगी सबै पक्षहरुप्रति हृदयदेखि नै धन्यबाद सहित आभार ब्यक्त गर्दछु ।

अन्त्यमा सम्पूर्ण दाहाल बन्धुहरु जो बिश्वका जुनसुकै भू–भागमा रहेबसे पनि बिश्व बन्धुत्वकालागि भातृत्व एवं बन्धुत्वको प्रेमभावना आल्हादित होऔ । आ–आफ्नो ब्यक्तिगत, पारिबारिक, सामाजिक एवम् राष्ट्रिय अन्र्तराष्ट्रिय क्षेत्रमा उन्नति एवम् सफलता प्राप्त गर्न सकौ भन्ने हार्दिक मंगलमय शुभ–कामना ब्यक्त गर्न चाहन्छुु । धन्यबाद ।
जय बन्धु ! जय बन्धु ! जय बन्धु ! जय बन्धु !

संपर्क ९८४२६३९४००